दफा ३ख
मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षण
: (१) मध्यवर्ती क्षेत्रको व्यवस्थापन तथा संरक्षण सम्बन्धी कार्य सम्बन्धित उपभोक्ता समितिको परामर्शमा संरक्षकले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभागले स्वीकृत गरेको व्यवस्थापन योजना अनुसार गर्नु पर्नेछ । तर यसरी व्यवस्थापन तथा संरक्षण गर्दा उक्त क्षेत्रमा रहेको स्थानीय जनताको भू-स्वामित्वलाई कुनै असर पारिने छैन ।
(२) वातावरणलाई प्रतिकूल असर नपुग्ने र वन्यजन्तुलाई हानी नोक्सानी नपुग्ने गरी मध्यवर्ती क्षेत्रमा तोकिए बमोजिम उद्योगधन्दा, होटल, लज, सार्वजनिक यातायात वा यस्तै किसिमका अन्य सेवा वा सुविधा सञ्चालन गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम सेवा वा सुविधा सञ्चालन गर्ने सम्बन्धमा सम्बन्धित उपभोक्ता समिति सँग परामर्श गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले मापदण्ड बनाई लागू गर्नेछ ।
(४) संरक्षकले उपदफा (२) बमोजिम सञ्चालन भएका सेवा वा सुविधाको सम्बन्धमा नियमित रुपमा अनुगमन गर्नु वा गराउनु पर्नेछ ।
(५) उपदफा (३) बमोजिम संरक्षकले अनुगमन गर्दा वा गराउँदा उपलब्ध भएसम्म सम्बन्धित उपभोक्ता समितिलाई समेत संलग्न गराउनु पर्नेछ ।
(६) मध्यवर्ती क्षेत्रमा विपद्मा परी कुनै परिवारलाई वन पैदावार आवश्यक परेमा उपभोक्ता समितिको परामर्शमा संरक्षकले मध्यवर्ती क्षेत्रको कुनै स्थानबाट त्यस्तो वन पैदावार सबद्घलन गर्न तोकिए बमोजिम अनुमति दिनेछ ।